१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


भक्तपुरमा विकास समितिको अनुगमन


0
Shares

सोमबार समितिका सभापति रविन्द्र अधिकारीको नेतृत्वमा १० जना सांसदको टोलीले भक्तपुरका निर्माण सम्पन्न भइसकेका र निर्माणाधीन सम्पदाको प्रगतिको अवस्थाबारेमा जानकारी लिएको हो ।

टोलीलाई भक्तपुरका सांसद प्रेम सुवाल, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल र भक्तपुर नगरपालिकाका प्रतिनिधिहरुले जानकारी गराएका थिए ।

टोलीले भक्तपुर दरबार क्षेत्रभित्रका सम्पदा र विश्व सम्पदा सूचीमा सूचीकृत एवं नेपालकै पुरानो प्राचीन सम्पदा चाँगुनारायण मन्दिरको अवलोकन गरी सम्पदा पुनःनिर्माणको कार्य छिटो र पारदर्शी ढंगबाट सम्पन्न गर्नसमेत निर्देशन दिएको छ ।

अनुगमनपछि विकास समितिका सभापति रविन्द्र अधिकारीले विश्व सम्पदा सूचीमा रहेका सम्पदाहरुको परम्परागत शैलीमा मौलिकता झल्कने गरी सुरक्षित संरचना निर्माण गर्नुपर्नेमा जोड दिए ।