२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


भारतको सीमा नजिकै चीनले नयाँ टर्मिनल संचालनमा ल्यायो


0
Shares

न्यङ्गची मेनलिङ्ग विमानस्थलको टर्मिनल तिब्बतकै दोस्रो ठूलो मानिएको छ । १० हजार ३ सय वर्गमिटरमा फैलिएको यो टर्मिनलमा सन् २०२० सम्ममा वार्षिक ७ लाख ५० हजार यात्रु र ३ हजार टन कार्गो ओसार पसार गर्ने क्षमतायुक्त तुल्याउने योजना रहेको चिनियाँ अधिकारीहरु बताउँछन् ।

त्यसो त, सन् २००६ देखि नै संचालनमा आएको यो विमानस्थलको नयाँ टर्मिनल हालै संचालनमा ल्याइएको हो । विमानस्थलको क्षमता विस्तार गर्ने योजनाअनुसार चीनले नयाँ टर्मिनल बनाएको हो ।

योसमेत तिब्बतमा ६ वटा टर्मिनल बनेको छ । तर पछिल्लो विमानस्थल भारतको अरुणाचल प्रदेशबाट नजिकै रहेका कारण भारतको समेत टाउको दुखाइ बनेको छ । उल्लेखनीय छ, भारत र चीनबीच अरुणाचलको केही भूभागलाई लिएर वर्षौंदेखि विवाद चल्दै आएको छ ।

चीनले पछिल्ला वर्ष तिब्बतमा तीव्र रुपमा विकास निर्माणका काम संचालन गर्दै आएको छ । भारतसँगको सीमा नजिकै रेल संजाल, हवाई संजाल विस्तारमा चीनले निकै ठूलो फड्को मार्न थालेको छ ।

चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार सन् २०२० सम्म यो विमानस्थलको क्षमता बढाइने छ । यो विमानस्थलले पश्चिमोत्तर प्रान्त शाङ्क्सीको राजधानी शियानका लागि नयाँ रुट खोलेको छ । (एजेन्सी)