२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


उत्तर कोरियाले गरेको मिसाइल परीक्षणविरुद्ध अमेरिकाले थाल्यो प्रतिरक्षा


0
Shares

यसका लागि अमेरिकाले टर्मिनल हाई अल्टिच्युट एरिया डिफेन्स सिस्टमअन्तर्गत उत्तर कोरियाको चेतावनीको बदलामा दक्षिण कोरियाको प्रतिरक्षा थालेको हो ।

यद्यपी यो रक्षा प्रणालीले सैन्य क्षेत्रमा रहेका सर्वसाधारण भने प्रभावित हुनेछन् । उत्तर कोरियाले यसअघि जापानको समुद्रतर्फ चार वटा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो ।

मिसाइल परिक्षणले अमेरिका, जापान र दक्षिण कोरियालाई चिन्तित तुल्याएको छ ।

उत्तर कोरियाको मिसाइल परीक्षणप्रति संयुक्त राष्ट्र संघले आपत्ति जनाउँदै कुनै पनि प्रकारको मिसाइल वा आणविक परीक्षणमा थप प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।(एजेन्सी)