
नेपालगन्जको मंगलप्रसाद क्रिकेट मैदानमा भएको खेलमा नेपाल टाइगरले टीकापुर क्रिकेट क्लबलाई ९७ रनले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।
टस जितेर ब्याटिङ गरेको टाइगरले निर्धारित् २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनाएको थियो ।
टाइगरका लागि अमरसिंह रौटेलाको ४२ रन तथा योगेन्द्रसिंह कार्कीको ३५ रनको योगदान दिए ।
जवाफमा टीकापुर १५.१ ओभरमा ६८ रनमै अलआउट भयो ।
पराजित टीकापुरका तर्फबाट सारिन श्रेष्ठले १७ रन तथा सुभास सिंहले १३ रन जोडे ।
बुधबार (भोलि) हुने पहिलो सेमिफाइनल खेलमा जगुवार स्पोर्टस् क्लब र रोयल स्पोर्टस् क्लब आमने–सामने हुने अयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्