२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


मंगलबार नेप्सेमा दोहोरो अंकको गिरावट


0
Shares

यसदिन नेप्से करिब १७ अंकले झरेर १३ सय ४१ बिन्दूमा आइपुग्यो । कारोबार भएका सबै समूहमा गिरावट आएसँगै नेप्से ओरालो लागेको हो ।

बीमा समूह सबैभन्दा उच्च ७४ अंकले घट्यो । होटल समूह ४२ अंकले झर्‍यो भने वाणिज्य बैंक समूहमा पनि करिब २० अंकको गिरावट आयो ।

यसदिन १ सय ४० कम्पनीको ७ लाख ९४ हजार बराबर कित्ता सेयर ४१ करोड ९६ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।