२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


भारतको लखनउमा भीडन्त, एकजना आतंककारी मारिए


0
Shares

उत्तर प्रदेशको लखनउमा आतंकवादी लुकेको स्थानमा प्रहरीले घेरा हाल्दा दुई समूहबीच भिडन्त भएको थियो ।

लगभग आठ घण्टासम्म भएको भिडन्तमा एक जना आतंककारी मारिएका हुन् । अरु आतंककारी भने भागेको बताइएको छ ।

लुकेका उनीहरुलाई जिवितै पक्रन खुर्सानी बमको प्रयोग गरिए पनि एक जनाको मृत्यु भएको हो ।

मृतकको साथबाट पेस्तोल, रिभल्वर र चक्कू बरामद गरिएको प्रहरीले जनाएको छ ।

मंगलवार भएको भोपाल–उज्जेन ट्रेनमा विष्फोट गराउनेसँग संदिग्धहरुको सम्बन्ध रहेको प्रहरीको आशंका छ ।(एजेन्सी)