२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


उत्तर कोरियालाई परमाणु परीक्षण स्थगित गर्न चीनको आग्रह


0
Shares

गत सोमबार उत्तर कोरियाद्वारा परमाणु परीक्षण गरिएपछि अमेरिकासहित दक्षिण कोरिया र जापानले गम्भीर चिन्ता प्रकट गरिरहेकै समयमा चीनले उत्तर कोरियालाई परमाणु परीक्षण नगर्न आग्रह गरेको हो । उत्तर कोरियाले परीक्षण गरेका तीन क्षेप्यास्त्र जापानी सीमा क्षेत्र नजिकै खसेको थियो ।

चिनियाँ विदेशमन्त्री वाङ्ग यीले उत्तर कोरियालाई परमाणु परीक्षण रोक्न आग्रह गरेका हुन् । उनले उत्तर कोरिया संयमित भएकोखण्डमा अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास रोक्नसक्ने समेत बताएका छन् ।

अन्तर्राष्ट्रि प्रतिबन्धका बाबजुद उत्तर कोरियाले परमाणु परीक्षण जारी राखेका कारण अमेरिकाले दक्षिण कोरियामा क्षेप्यास्त्र रक्षा प्रणाली तैनाथ गरिरहेको छ ।

चिनियाँ विदेशमन्त्रीले बेइजिङमा पत्रकारहरुसँग भने, ‘कोरियाली प्रायद्वीप विपरीत दिशाबाट तीव्र गतिमा अघि बढिरहेका दुई रेलगाडी हुन् जसले एक अर्कालाई बाटो छाड्न चाहेका छैनन् ।’ उनले प्रश्न गरे, ‘के दुबै आपसमा ठक्कर खान चाहेका हुन् ?’ (एजेन्सी)