
आक्रमणमा ५० भन्दा बढी घाइते भएका छन् । मृतकको संख्या बढ्नसक्ने आशंका गरिएको छ ।
चिकित्सकको भेषमा आएका आक्रमणकारीले ४०० शैय्याको अस्पतालमा धावा बोलेको अफगान रक्षा मन्त्रालयले जनाएको छ ।
अफगान सेनाका कमान्डोसन्गको घन्टौं लामो संघर्षपछि चारजना आक्रमणकारी मारिएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
अमेरिकी दूतावासनजिक रहेको अस्पतालको दक्षिणी गेटमा एकजना लडाकुले आफैंलाई विस्फोट गराएपछि आक्रमण सुरु भएको थियो ।
आक्रमणकारीले चिकित्सक, बिरामी, सुरक्षाकर्मीलगायत जो–सुकैलाई पनि आक्रमणको निशानामा पारेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् ।
बिरामीहरुलाई आपत्कालीन द्वारबाट बाहिर निकालिएको छ ।
अफगान राष्ट्रपति अशरफ घानीले आक्रमणले सबै मानवीय मूल्य–मान्यतालाई ध्वस्त पारेको बताए ।
आइएसले आक्रमणको जिम्मेवारी लिएको छ । अफगानिस्तानमा सन् २०१५ देखि सक्रिय आइएसले थुप्रै आक्रमण गरिसकेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्