२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


हत्या गरिएका नामका छोराको भिडियो सन्देश सार्वजनिक


0
Shares

छोटो र सेन्सर गरिएको भिडियो ‘क्लिप’मा देखाइएका व्यक्तिले आफ्नो नाम किम हान सोल भएको र आफू उत्तर कोरियाको किम परिवारको सदस्य भएको बताएका छन् ।

आफ्नो बाबुको केही दिनअघि हत्या भएको भन्दै किमले अहिले आफू आमा र दिदीसँग रहेको उल्लेख गरेका छन् ।

नामको हत्यापछि किमको परिवारको तर्फबाट यो पहिलो सार्वजनिक प्रतिक्रिया हो ।

भिडियोमा किमले उत्तर कोरियाको कूटनीतिक पासपोर्टबाट आफ्नो परिचय पुष्टि गरेपनि अरु जानकारी भने छोपिएको दक्षिण कोरियाले जनाएको छ ।

भिडियो कहाँ खिचिएको हो र किम अहिले कहाँ छन् भन्नेबारे केही नखुलाइएको बीबीसीले जनाएको छ ।

किमका बाबु नामको फेब्रुअरी १३ मा क्वालालम्पुर विमानस्थलमा ‘भी एक्स नर्भ एजेन्ट’ रसायन आक्रमणका कारण मृत्यु भएको थियो ।

हत्यामा उत्तर कोरियाको संलग्नता रहेको व्यापक आशंका गरिएको छ । तर, उत्तर कोरियाले भने आरोप अस्वीकार गरेको छ । (एजेन्सी)