२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नमस्ते झरनाबाट पर्यटकीय पदमार्ग निर्माण हुने


0
Shares

नमस्ते झरनाबाट काम्फेक, नाम्जे र आत्माघर जोड्ने पदमार्ग निर्माण गर्न लागिएको हो । पर्यटन कार्यालय बिर्तामोडको करिब २४ लाख रुपैयाँको लागतमा तीन किलोमिटर लामो पदमार्ग निर्माण भइरहेको छ ।

धनकुटाको भेडेटार, नाम्जे, नमस्ते झरना र साँगुरीगढी पर्यटकीय शृङ्खलामा पुग्ने आन्तरिक र वाह्य पर्यटकको सहज यात्रा र बसाइ अबधि लम्ब्याउन पदमार्ग निर्माण गरिएको स्थानीय झरना ब्यवस्थापन समितिले जनाएको छ ।

यसअघि नमस्ते झरना क्षेत्रमा पर्यटन मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग र जिल्ला विकास समिति धनकुटाको २० लाख ९० हजार रुपैयाँको लगानीमा सिम्सुवा खोलामा झोलुंगे पुल, विश्रामालय, वनभोजस्थल, खानेपानी, शौचालय तथा भर्‍याङलगायतका संरचना तयार पारिसकिएको छ ।