४ असार २०८१, मंगलबार | Tue Jun 18 2024


ताप्लेजुङमा पनि प्रधानमन्त्री ‘कृषि आधुनिकीकरण परियोजना’ सुरु


0
Shares

कृषिलाई नाफामुखी व्यवसायकारुपमा विकास गरी रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले ताप्लेजुङमा पनि ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ सुरु गरिएको हो ।

चालु आर्थिक वर्षदेखि १० वर्षसम्म सो परियोजना सन्चालन हुनेछ । प्रारम्भिक चरणमा अलैंची, अदुवा, सुन्तला, तरकारी, मकै, धान र आलुखेतीका लागि १५ ओटा पकेटक्षेत्र र अलैंची र आलुका लागिमात्र दुईओटा ‘ब्लक’मा सो परियोजना लागू भएको जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङले जनाएको छ ।

दुईओटा ब्लकमा अलैंचीखेतीका लागि हाङ्देवा र फुरुम्बु गाविस छनोटमा परेका छन् भने आलुखेतीका लागि ताप्लेजुङ नगरपालिका, खोक्लिङ र चाँगे गाविस छनोटमा परेको कार्यालयले जनाएको छ ।

परियोजनाअन्तर्गत् चालु आर्थिक वर्षमा जिल्लामा कुल १ करोड ९६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको कार्यालय प्रमुख रविन्द्रबहादुर प्रधानले जानकारी दिए ।

हरेक पकेट क्षेत्र १० हेक्टर क्षेत्रफलको हुनेछ भने ब्लक १५० हेक्टर क्षेत्रफलमा सन्चालन हुने प्रावधान रहेको जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङका योजना अधिकृत किसुन देव राउतले बताए ।