८ असार २०८१, शनिबार | Sat Jun 22 2024


विहीबार नेप्सेमा सामान्य अंकको सुधार


0
Shares

उतार–चढावबीच नेप्से करिब ६ अंकले बढेर १३ सय ४७ बिन्दूमा पुग्यो । सुरुआती समयमा नेप्से बढेर १३ सय ५३ बिन्दूमा पुगेपनि पछि केही झर्दै १३ सय ४७ बिन्दूमा थामिएको हो ।

यसदिन अन्य र उत्पादनमूलकबाहेक अरु कारोबार भएका सबै समूहमा सुधार आएसँगै नेप्से सुधारिएको हो ।

बीमा समूह सबैभन्दा उच्च ५९ अंकले बढ्यो । होटल समूह २४ अंकले, जलविद्युत् समूह १३ अंकले बढ्यो भने वाणिज्य बैंक समूहमा पनि करिब ७ अंकको सुधार आयो ।

यसदिन कारोबार परिमाणमा पनि सुधार आयो । १ सय ३८ कम्पनीको १० लाख ४५ हजार कित्ता सेयर ५२ करोड ४८ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।