१३ फाल्गुन २०८०, आइतबार | Mon Feb 26 2024


पहिरोले अवरुद्ध पोखरा–बागलुङ सडक सुचारु


0
Shares

लक्ष्मीप्रसाद सापकोटा (इमेज)

पर्वत, असार २१ । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सडकमाथिबाट खसेको पहिरोले अवरुद्ध बनेको पोखरा–बागलुङ सडक सुचारु भएको छ ।

सो सडकखन्डअन्तर्गत् पर्वतको मोदी गाउँपालिका वडा नम्बर–५, भ्याप्लेखोलामा सडकमाथिबाट खसेको पहिरोले सडक पुरिँदा बुधबार राति १ बजेदेखि नै अवरुद्ध बनेकामा बिहीबार दिउँसो ४ बजेदेखि दुईतर्फी सन्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वतबाट गएको प्रहरीको टोलीले डोजर र स्काभेटरको सहायताले सडक सुचारु गरिएको प्रहरीले जनाएको छ ।

सडक सुचारु भएसँगै अन्यत्रबाट पर्वत, बागलुङ म्याग्दी, र मुस्ताङका लागि आएका सवारी र यस क्षेत्रबाट अन्यत्र जान हिँडेका लामो तथा छोटो दूरीका सवारी–साधनहरु गन्तव्यतर्फ लागेका छन् ।

वर्षा नरोकिँदा र माथिबाट लेदो बग्नेक्रम नरोकिएकाले सडक खुलाउन ढिलाइ भएको ट्राफिक प्रहरी निमित्त प्रमुख काशीनाथ चौधरीले जानकारी दिए ।