
काठमाडौं, फागुन १८ । अर्थमन्त्री डा. युवराज खतिवडाले उद्योग–व्यवसायमा निराश हुनुपर्ने स्थिति नरहेको बताएका छन् ।
उद्योग–व्यवसाय विकासमा सरकारको पनि ध्यान गएको र व्यवसायीसमेत उत्साहित हुँदै आएकाले समृद्ध राष्ट्र निर्माणका लागि समस्यामा हातेमालो गर्न सरकार तयार रहेको उनको भनाइ छ ।
नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात संघको दशौं वार्षिक साधारणसभामा मन्त्री खतिवडाले उद्योग क्षेत्रमा निराश हुनुपर्ने अवस्था नरहेको भन्दै आँट र विश्वासलाई मर्न दिन नहुने बताए ।
उद्योग प्रवद्र्धनका लागि जस्तोसुकै सहयोग गर्न सरकार तयार रहेको उनको भनाइ छ ।
उनले सरकारी फार्ममा भेडा–च्यांग्रा पालेर उद्योग सन्चालन गर्न इच्छुक व्यवसायीलाई सरकारले सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
ज्याला बढ्दै गएको तर उत्पादकत्व नबढेको विषयमा भने आफ्ना कमी–कमजोरीबारे व्यवसायीले अन्वेषण गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।
वार्षिक एक अर्ब ५० करोड रुपैयाँको ऊनी फेल्टका सामग्री निर्यात गर्दै आएको संघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्