यससँगै पुरानो संरचनाको गाविस, नगरपालिका र जिल्ला विकास समिति अब खारेज भएका छन् । त्यसको स्थानमा गाउँपालिका र नगरपालिकाको नयाँ संरचना शुक्रबारैदेखि कार्यान्वयनमा आएको छ ।
स्थानीय तह पुनःसंरचना आयोगले दिएको ७१९ स्थानीय तहमा २५ ओटा थप गर्दै सरकारले ७४४ ओटा स्थानीय तह बनाएको र शुक्रबारैबाट कार्यान्वयनमा आएको उपप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापाले जानकारी दिएका छन् ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पनि ७४४ स्थानीय तहको विवरण राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा गएको जानकारी दिए ।
स्थानीय तहको पूर्ण विवरण (पीडीएफ) हेर्न/पढ्न यहाँ क्लिक गर्नुहोस्










प्रतिक्रिया दिनुहोस्