यसक्रममा ताप्लेजुङको माथिल्लो क्षेत्रमा भारी हिमपात भएको छ । वर्षापछि तल्लो क्षेत्रमा भने चिसो बढेको छ ।
कन्चनजंघा हिमालको मुख्य मार्गमा पर्ने घुन्सा, खम्बाछेन लोनार्क, अम्जिलेसालगायतका ठाउँमा पनि भारी हिमपात भएको छ भने ओलाङ्चुङ्गोलासहित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पनि एक फिटसम्म हिउँ परेको स्थानीयले बताएका छन् ।
पाथीभरा क्षेत्रमा शुक्रबार दिउँसो ४ बजेबाट परेको हिमपात अझै नरोकिँदा दर्शनका लागि आएका तीर्थयात्री मर्कामा परेका छन् । माथिल्लो फेदीमा नै एक फिटसम्म र पाथीभरा डाँडामा सोभन्दा बढी हिमपात भएको पाथीभराका स्थानीयले बताएका छन् ।
पाथीभरा दर्शनका लागि आएका दुई सयभन्दा बढी तीर्थयात्री हिउँ परेपछि माथिल्लो फेदीमै रोकिएका थिए ।
बालबालिका लिएर आएकाहरुलाई हिमपात भएपछि फेदीभन्दा माथि नजान आग्रह गरिएको छ ।
लामो समयमा वर्षा भएकाले बाली लगाउन सहज हुने भन्दै तल्लो क्षेत्रका कृषक भने हर्षित भएका छन् ।










प्रतिक्रिया दिनुहोस्