Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


निर्वाचनमार्फत् राजनीतिक फोहर सफाइ गरिनुपर्छ : प्रधानमन्त्री


0
Shares

बाग्मती सफाइ महाअभियानको २००औं हप्ताका अवसरमा शनिबार शंखमूलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले सभ्यता र संस्कृति संरक्षण गर्न मानवसागर उर्लेको बताए ।

‘बाग्मती सफाइ महाअभियानको प्रेरणाले देशव्यापी सफाइ अभियान चलेको छ, सफाइका माध्यमबाट सभ्यता र संस्कृति संरक्षण गर्न सबै जुटेका छन्, यस अवसरमा सरकारले जारी गरेको सफाइ घोषणापत्र र शपथ कार्यान्वयन गर्न सबै सहयोग गरिनेछ’–प्रधानमन्त्री दाहालले भने ।

सबै गाउँपालिका र नगरपालिकामा सफाइ अभियान सन्चालन गरिने उनको भनाइ थियो ।

वातावरणीय सफाइ अभियानले राजनीतिक सफाइ अभियानलाई पनि बल पुग्नेमा प्रधानमन्त्री दाहालको जोड थियो ।

मुख्यसचिव डा. सोमलाल सुवेदीले १० बुँदे सफाइ घोषणापत्र जारी गर्दै विद्यालयलगायत सार्वजनिकस्थलमा साप्ताहिकरुपमा सफा गरिने बताए ।

बाग्मती सफाइ अभियन्ता डा. राजु अधिकारीले सफाइका लागि मन, संस्कार र प्रवृत्तिमा परिवर्तन गरिनुपर्ने बताए ।

गायिका आनी छोइङ डोल्माले सफाइमा सबै समुदायको सहभागिता हुनुपर्नेमा जोड दिए ।

वि.सं. २०७० जेठ ५ गते सुरु भएको बाग्मती सफाइ महाअभियान शनिबार २००औं हप्ता प्रवेश गरेका अवसरमा सुन्दरीजलदेखि चोभारसम्म पदयात्रासहित सफाइ गरिएको थियो ।

कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशी, हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलगायत सरकारका उच्चपदस्थ अधिकृत, समाजसेवी, पत्रकारको सहभागिता थियो । रासस