Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


पोखराको पुलमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि


0
Shares

बोरालाई प्लास्टिकले बेरिएको र तारसमेत जोडिएको अवस्थामा शंकास्पद वस्तु भेटिएपछि बमको आशंकामा स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए ।

छानबिनकोक्रममा प्रहरीले सो स्थानमा झन्डै दुई घन्टा आवतजावत बन्द गराएको थियो ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले बमको नाममा आतंक मच्चाउन शंकास्पद वस्तुमात्र राखिएको पुष्टि गरेको हो ।

सो स्थानमा बाल्टिनभित्र बालुवा राखेर तारको गुजुल्टो बनाइ बोरा र प्लास्टिकले बेरिएको वस्तुलाई शंकास्पदरुपमा राखिएको प्रहरी जनाएको छ ।