
बा४ख ५६४८ नम्बरको बसका चालक, परिचालक र सुरक्षामा खटिएका प्रहरी खाना खान गएको मौकाछोपी बालाजु, बाइपासमा रोकिराखिएको बसबाट यात्री ओराली पेट्रोल छर्केर आगो लगाइएको साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले राससलाई जानकारी दिए ।
आगजनीबाट बसका ८ ओटा सीट पूर्णरुपमा जलेर रु एक लााख बराबरको क्षति भएको छ ।
यातायातले कसैको समर्थन वा विरोधमा सेवा सन्चालन नगरेको उल्लेख गर्दै उनले यस्ता गतिविधि नदोहोर्याउन सबैसँग अनुरोध गरे ।
साझाका ४० ओटा सवारी–साधन अन्य दिनजस्तै आजपनि उपत्यकाका रुटमा चलिरहेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्