दिउँसो युपी ५३ डीपी ००३० नम्बरको ग्यारेजमा राखिएको गाडी बाहिर निकाल्न लगाइ पेट्रोल छर्केर आगजनी गरिएको प्रहरीले जनाएको छ ।
चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले चारजनाको समूहमा आएका व्यक्तिले आगजनी गरेको जानकारी दिए ।
मैदा लिएर आएको सो गाडी सामान झारी मर्मतका लागि ग्यारेजमा राखिएको थियो ।
नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले एक साता भारतीय गाडी चल्न नदिने अभियानअन्तर्गत् आगजनी गरेको हुनसक्ने उनले बताए । रासस










प्रतिक्रिया दिनुहोस्