२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


ऐतिहासिक पञ्चकन्या पोखरी ओझेलमा


0
Shares

सरकारी निकायको वेवास्ताका कारण ऐतिहासिक पोखरी ओझेलमा परेको हो । महादेवस्थान गाविसको घाटा गाउँस्थित घना जंगलको बीचमा रहेको पञ्चकन्या पोखरीलाई यस क्षेत्रकै ऐतिहासिक र पुरातात्विक मानिन्छ ।

सदरमुकाम सिन्धुलीमाडीबाट करिव १५ किलोमिटर दूरीमा मरिण नदीको किनारामा पर्ने पञ्चकन्या पोखरी हजारौं वर्ष अगावैदेखिको निर्मल जलकुण्ड मानिन्छ ।

हजारौं वर्षदेखि एकै खाले जल सतह रहेको र घना जंगल, जंगली जनावर र पंक्षीहरुको दृश्यले पञ्चकन्या पोखरीको आकर्षण बढाएको देखिन्छ ।

किम्बदन्तीअनुसार पञ्चकन्या पोखरीमा पाँच वटी देवकन्याको बासस्थान रहेको मानिन्छ ।

पञ्चकन्या पोखरीको डिलमा रहेको पञ्चकन्या देवीलाई शुद्ध भै पूजा अर्चना गरी भाकल गरे मागेको वर पाईने जनविश्वास रही आएको छ ।

पोखरीनजिकै रहेको पुरानो पञ्चकन्यादेवीको मन्दिरसमेत जीर्ण भएको छ भने जलदेवीको स्थान व्यवस्थित गर्न सकिएको छैन ।