Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


बाढीबाट घरबारविहीन भएकाहरुको अझै पुनर्स्थापना भएन (भिडियो)


0
Shares

विभिन्न दाताको सहयोगमा निर्माण गरिएको शिविर थोत्रो भइसक्दा पनि सरकारले पुनर्स्थापन गर्न नसक्दा उनीहरुको अवस्था कष्टकर बनेको छ ।

हजारौंको घरमा एकसाथ पसेको बबई नदीको बाढीले कयौंको ज्यान लिएको थियो भने कतिपय घरवारविहीन भएका थिए । सामान्य र आंशिक क्षति हुनेहरु आ–आफ्नो घर फर्केर घरबास सम्हाली सके, तर बाढीले घरखेत बगाई उठीबास नै भएकाहरु भने शिविरमा बस्दै आएका छन् ।

बाढी पीडितलाई सरकारले पुनर्स्थापन नगर्दा उनीहरुको जीवन कष्टकर बन्दै गएको छ ।

२०७१ साल साउनको अन्तिम साता बबई नदीमा आएको भीषण बाढीले बर्दियाको जनजीवन एकाएक तहस नहस बनायो । बाढी पीडितको नाममा अर्बौं रुपैयाँ राहत बाँडेर सिद्धियो, तर घरवारविहीन भएर शिविरमा बसेका पीडितको व्यथा भने उस्तै छ ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्