६ असार २०८१, बिहिबार | Fri Jun 21 2024


५५ वर्षमा सुन्तलाका ८ नयाँ प्रजाति विकास


0
Shares

अमिला जात फलफूलको अनुसन्धान गर्ने नेपालको एकमात्र सो कार्यक्रमले नयाँ विकास गरिएका आठ वटा अमिलो जातका फलफूलमध्ये कागतीको सुन प्रजाती १ र २ मात्र किसानका लागि सिफारिस गरेको छ ।

सिफारिस गरिएका कागतीको दुई प्रजाती तराई, भित्री मधेस र पहाडका वेशी फाँटमा व्यवसायिक रुपमा खेती गर्न सकिन्छ । थप ६ प्रजाती अमिलो जातको सिफारिस गर्ने अन्तिम तयारी गरिएको कार्यक्रमका संयोजक धनबहादुर घर्तीले जानकारी दिए ।

सिफारिसको अन्तिम तयारीमा रहेको नयाँ प्रजातीमा स्थानीय खोकु जातको सुन्तला, जापानी उन्सुका जातका दुई प्रजाती सुन्तला, तेह्रथुमे लोकल कागती, भ्यालेन्सिया लेट र वासिङ्टन नेभल रहेका छन् ।

सरकारी वेवास्ता र दरबन्दीअनुसार कृषि वैज्ञानिक नहुँदा सो कार्यालयले अमिलो जातका १ सय २० वटा नयाँ प्रजातीमा अध्ययन अनुसन्धान गरिरहे पनि नयाँ जातको विकास गर्न नसकिएको जनाएको छ ।