Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


मातृभूमिको रक्षार्थ शहिद भएका गौतमको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि


0
Shares

गौतमको शबयात्रापछि उच्च सम्मानका साथ आइतबार कञ्चनपुरको दोदा नदी किनारमा अन्त्येष्टि गरिएको हो । अन्त्येष्टीमा गौतमलाई ११ तोपको सलामी दिइएको थियो ।

गौतमको पार्थिव शरीरमा उनका पिता ७२ वर्षीय खेमलाल गौतमले दागबत्ती दिए । 

यसअघि सेती अञ्चल अस्पताल धनगढीबाट शुरु भएको गौतमको शवयात्रामा हजारौं मानिसहरु सहभागी थिए । 

सीमा नजिक बनाइएको कल्भर्ट विवादमा भारतीय प्रहरीले गोली चलाउँदा गत बिहीबार गौतमको मृत्यु भएको थियो ।