Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


एसएसबीको गोली लागेर घाइते भएका चार नेपालीले एक वर्ष बित्दा पनि क्षतिपूर्ति पाएनन्


0
Shares

गत वर्षको भारतको अघोषित नाकाबन्दीको समयमा तस्करलाई लखेट्दै आउने क्रममा नेपाली भूमिमा हरिपुर गाविस–९ का चार युवालाई एसएसबीले गोली हानेर घाइते बनाएको थियो ।

घटनाको वर्ष बित्दा समेत क्षतिपूर्ति र उपचार खर्च पाउन नसकेको गुनासो पीडितले गरेका हुन् । एसएसबीको गोली लागी घाइते भएका हरिपुर गाविस–९ का अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादवलगायतकाले आफ्नो उपचारको खर्च रकम र क्षतिपूर्ति पाउन नसकेको गुनासो गरेका हुन् ।

गोली लागि घाइते भएका अशोकको त्यसबेला उपचारका लागि रु तीन लाख ६५ हजार, सरोजको रु दुई लाख ५० हजार, नरेशको रु दुई लाख र मनोजको रु ५० हजार खर्च भएको उनीहरुले बताएका छन् ।

उता सुनसरी क्षेत्रको नेपाल भारत सीमामा भारतीय सीमा सुरक्षा बल एसएसबीले कडाइ गरेको छ । सुनसरीको भाण्टाबारीबाहेकका नाकामा नेपालीलाई भारत प्रवेशमा रोक लगाएको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिकामा नेपाली युवक गोविन्द गौतमको हत्याको सर्वत्र विरोध हुन थालेपछि एसएसबी सुनसरीबाट नेपालीलाई भारत प्रवेशमा रोक लगाएको हो ।

एसएसबीले ‘माथिको आदेश’ भन्दै दशगजा क्षेत्रमा नेपालीलाई भारत प्रवेशमा रोकेको हो । (रासस)