१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


देवी देवताका गाथा गाउँदै होली मनाउँदै, बिकृती अन्त्य गर्ने प्रयास(भिडियो)


0
Shares

-डिल्लीराज पन्त, ईमेज

सरकारले होली पर्वको दिन सार्वजनिक बिदा दिने गरे पनि सुदूरपश्चिमका जिल्लामा भने एकादशीका दिनदेखि नै होली खेल्न सुरु हुन्छ । यहाँका बासिन्दाले हर्षोल्लासका साथ होली पर्व मनाउँछन् ।

पुरुषहरु सेतो पोशाकमा सजिएर सामुहिक रुपमा देवी देवताका गाथा गाउँदै अविर लगाएर नाच्ने गर्दछन भने महिलाले समेत विभिन्न भाकामा धार्मिक गीत गाएर होली खेल्ने गर्दछन् ।

होली खेल्दा प्रायः भगवान् श्रीकृष्ण, राम तथा पाण्डवका गाथा गाउने चलन छ । होली पर्वले टाढा–टाढा छरिएर रहेका दाजुभाई तथा दिदी बहिनीलाई एकसाथ जमघट हुने अवसरसमेत प्रदान गर्ने गरेको छ ।

फागुन शुक्ल एकादशीबाट सुरु भएको होली पर्व फागु पूर्णिमाको भोलिपल्ट चीर दहन गरी समापन गरिन्छ ।

यो पर्व भगवान श्रीकृष्णको पालादेखिनै चलिआएको जनविश्वास छ । यसले सामाजिक आत्मियता बढाउने भएकाले महत्व झनै बढ्दै गएको छ ।

रंगहरुको पर्वका रुपमा मनाइने होली देशैभर उत्साहपूर्वक ढंगले मनाइनु धार्मिक सांस्कृतिक आस्थाको सवल पक्ष मानिन्छ ।

तर, पछिल्लो समय होलीका नाममा केही विकृतिहरु देखिँदै गएका छन् । लोला हान्ने, पिच्कारी छ्याप्ने, अरुको ईच्छाविपरित रंग लगाई दिनेलगायतका गतिविधिले होलीमा विकृति देखिएका हुन् ।

यस्ता विकृतिलाई भित्रिन नदिन र आफ्नो संस्कृतिलाई रक्षा गर्न सवै पक्षले सचेत हुन जरुरी छ ।