२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सप्तरीमा हत्याको विरोधमा होली पर्व बहिस्कार, शोकमा सामूहिक केशमुन्डन


0
Shares

स्थानीयले होली बहिस्कारका गर्नुका साथै हत्याको शोकमा सामूहिक केशमुन्डनसमेत गरेका छन् ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका सचिव गजेन्द्र मण्डलले हर्षोल्लासका साथ मनाउने होली आफ्ना कार्यकर्ताको हत्याले कसैलाई नमनाउन आह्वान गरिएको बताए ।

जसका कारण राजविराज, भर्दर, कन्चनपुर, सल्यानपुर, बसदिपिक, पठौना, रोपनीलगायत सहरी तथा ग्रामीण क्षेत्रका मधेसी कार्यकर्ता तथा स्थानीय जनताले होली नमनाएका हुन् ।

नेकपा एमालेको मेची–महाकाली अभियानअन्तर्गत् सप्तरीको राजविराजमा विरोधकाक्रममा मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा पाँचजनाको मृत्यु भएको थियो भने २४ जना घाइते भएका थिए ।

एक हप्तापछि बन्द खुलेको सप्तरी जिल्ला होलीको रौनकमा पनि शोकमा डुबेको छ । रासस