२ असार २०८१, आइतबार | Sun Jun 16 2024


ग्यासको मूल्यबृद्धि फिर्ता नगरे उपभोक्ता अधिकार दिवस बहिस्कार गर्ने चेतावनी


0
Shares

चैत २ गते अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवस मनाउनेक्रममा सरकारी तयारीबारे जानकारी दिन सोमबार राजधानीमा गरिएको पत्रकार सम्मेलनका अवसरमा उनले निर्णयबारे प्रष्ट्याएका हुन् ।

कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ता अधिकार दिवसको पूर्वसन्ध्यामा सरकारले ग्यासको भाउ बढाएर उपभोक्तामाथि ‘भद्धा मजाक’ गरेको भन्दै निर्णय फिर्ता नलिए दिवसको कार्यक्रम मञ्चले बहिस्कार गर्ने चेतावनी दिए ।

मन्त्री बोहराले उपभोक्ता अधिकारकर्मीहरुले सरकारलाई निर्देशन दिने नभइ उपभोक्ता अधिकारसम्बन्धी आवाज उठाउने, जनचेतना बढाउने, नीति–नियम निर्माणमा सरकारलाई सहयोग गर्ने भएको भन्दै त्यसतर्फ लाग्न आग्रह गरे ।

२५ रुपैयाँ बढाउँदा पनि अझै प्रतिसिलिन्डर २८१ रुपैयाँ घाटा रहेको भन्दै उनले स्वचालित मूल्य प्रणालीअनुसार बाध्यात्मक परिस्थितिमा भाउ बढाइएकाले यसलाई सहजरुपमा लिन आग्रह गरे ।

सरकारले यसपटक आपूर्ति मन्त्रालयको पहलमा उपभोक्ता दिवस ७५ ओटै जिल्लामा विभिन्न कार्यक्रम गरी मनाउँदैछ ।

यसपटकको नारा ‘उपभोक्ता हित संरक्षणमा लगाऔं ध्यान, संरक्षण गरौं सम्पत्ति जीउ–ज्यान’ तय गरिएको छ ।

मन्त्री बोहराले चालु आर्थिक वर्षको यस अवधिसम्ममा करिब २५ सय व्यवसायिक फर्महरुको बजार अनुगमन भएकोमा ६ ओटामाथि मुद्दा दायर भएको र अन्य ७ ओटामाथि मुद्दा चलाउने तयारी भइरहेको जानकारी गराए ।

धेरै नियमनकारी निकायहरुसँगको समन्वयमा अनुगमन र कारबाही गर्नुपर्ने भएकाले यससम्बन्धी कानुनमा सुधारको तयारी भइरहेको पनि उनले उल्लेख गरे ।