१० फाल्गुन २०८०, बिहिबार | Thu Feb 22 2024


कानुनको पालनामा त्रुटि गर्न हुँदैन : कार्की, ‘गंगामायाको अवस्था निकै नाजुक’


0
Shares

काठमाडौं, असार २१ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्यायको ढाकछोप गर्न नहुने बताएकी छन् ।

वीर अस्पतालमा अनशनमा रहेकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्था बुझ्न बिहबिार वीर अस्पताल पुगेकी कार्कीले ‘गंगामायाको न्यायको लडाइँ अदम्य सहास हो’– भनिन् ।

शक्तिमा भएको मानिसले ‘ट्राफिक लाइट’ नहेरी हिँड्ने हो भने दुर्घटना हुन्छ भन्दै उनले नियम–कानुनको पालना गर्न त्रुटि गर्न नहुने बताइन् ।

यसैबीच, वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले गंगामायाको स्वास्थ्य अवस्था निकै नाजुक भइसकेको भन्दै कुनैपनि बेला जेसुकै हुनसक्ने बताए ।

आफ्नो छोराका हत्याराका कारबाही हुनुपर्ने एकसूत्रीय माग राख्दै गंगामाया विगत ४० दिनदेखि वीर अस्पतालको श्ययामा आमरण अनशनमा छिन् ।