Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


भारतमा हिमपहिरोमा परी दुई नेपालीको मृत्यु, एक बेपत्ता


0
Shares

मृत्यु हुनेमा बैतडी, पुर्चौडी नगरपालिका–२ महादेवस्थानका ५० वर्षीय मोहन चन्द र दार्चुला हुती–८ का २१ वर्षीय शरद कुँवर छन् ।

सोही ठाउँका २० वर्षीय भूपेन्द्र कुँवर भने हिमपहिरोमा परी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए ।

भारत, पिथौरागढ जिल्लाको विकट बुदीको सुवा भन्ने ठाउँमा उनीहरु फागुन २६ गते राति हिमाली च्याउ खोज्न गएको बताइएको छ ।

दुबैको शव परीक्षणका लागि भारतको धार्चुलामा रहेको एक अस्पतालमा राखिएको तथा बेपत्ताको खोजी जारी रहेको भारतीय प्रहरीलाई उद्धृत गर्दै दार्चुला प्रहरीले जनाएको छ । रासस