Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु


0
Shares

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार गएराति अवेर इटहरीको तरहरा उत्तर पानीपिया भन्ने स्थानमा भएको उक्त घटनामा धरान निवासी २५ वर्षीय दिवस राई र २३ वर्षीया इरो बान्तवा राईको मृत्यु भएको छ ।

उक्त घटनामा सोही मोटरसाइकलमा यात्रारत राजु मगर भने गम्भीर घाइते भएका छन् । उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

दुर्घटना गर्ने ट्रक र त्यसका चालकलाई प्रहरी चौकी तरहराले नियन्त्रणमा लिई आवश्यक कानुनी कार्वाही प्रारम्भ गरिएको प्रहरीले जानकारी दिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ । (रासस)