Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


पूर्वाधार विकास र प्रचारप्रसारको अभावमा स्वर्गाश्रम ओझेलमा


0
Shares

झन्डै २ हजार ५ सय मिटरको उचाइमा अवस्थित स्वर्गाश्रम धार्मिक र पर्यटकीय हिसावले महत्वपूर्ण रहे पनि पूर्वाधार विकास नहुँदा ओझेलमा परेको हो ।

इतिहास बोकेको प्रसिद्ध स्वर्गाश्रम कालीगण्डकी, धौलागिरी, मुक्तिनाथ, जगन्नाथ, पुलहाश्रमलगायत सप्तक्रषि डाँडाहरुले घेरिएको छ । धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण मानिने स्वर्गाश्रममा गणेशको मन्दिर, पौवा, सत्तल रहेका छन् ।

म्याग्दी सदरमुकाम बेनीबजारदेखि ३ कोष टाढा रहेको स्वर्गाश्रममा देशका विभिन्न ठाउँबाट गुरु तथा माताहरु आएर तपस्या गर्ने गरेको स्वर्गाश्रम व्यवस्थापन समितिले जनाएको छ ।

स्वर्गाश्रमको प्रचार प्रसार गर्न सके पर्यटक भित्र्याएर स्थानीयको आर्थिक अवस्था सुधार गर्न सकिने समितिले जनाएको छ ।