जिल्ला बर्डफ्लु नियन्त्रण प्राविधिक समितिको बैठकले जिल्लामा भित्र्याइने पंक्षीजन्य वस्तुमा कडाई गर्नुको साथै बिक्री वितरणमा पनि सतर्कता अपनाउने निर्णय गरेको छ ।
बैठकले बर्डफ्लुसम्बन्धी चेतनामूलक कार्यक्रम गर्ने निर्णय गरेको छ ।
ताप्लेजुङमा ब्रोईलर, गिरिराजलगायतका जातका कुखुरा तथा अण्डा जिल्ला बाहिरबाट भित्र्याइने भएकाले सुरक्षा जाँचमा कडाई गर्ने, उपभोक्तालाई पनि सचेत गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्काले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्