
करिव १९ वर्षपछि स्थानीय तहको निर्वाचन हुने भएपछि द्वन्द्व प्रभावित रोल्पामा विकासले गति लिने आशा बढ्न थालेको हो । निर्वाचनपछि जनप्रतिनिधि चयन हुने र विकास निर्माणले गति लिने आशा स्थानीयले राखेका हुन् । स्थानीय तहको निर्वाचनले संविधान कार्यान्वयन गर्दै सुशासन र विकासमा फड्को मार्ने पश्चिम रोल्पाका नेपबहादुर ओली आशा गर्छन् ।
माओवादीको द्वन्द्वका कारण सरकारी बजेट रोल्पाका गाउँ–गाउँमा जान सकेका थिएन । सरकारी बजेट गाउँ जान नसक्दा जिल्लामा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार जस्ता विकास शून्य जस्तै थिए । एकातिर बनाइएका भौतिक संरचना भत्काइए भने अर्कोतिर सरकारी बजेट सदुपयोग हुन नपाउँदा रोल्पा जिल्ला विकासमा निकै पछाडि परिरहेको छ ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्