८ असार २०८१, शनिबार | Sat Jun 22 2024


मोरङमा स्थानीय तहको नयाँ नाम र जिम्मेवारी तोकियो


0
Shares

साविक जिविस र गाविसको नाम परिवर्तन भइ नगरपालिका र गाउँपालिकामा जिम्मेवारी हस्तान्तरण भएको हो ।

मोरङ जिल्लामा एक उपमहानगरपालिकासहित ८ नगरपालिका र ८ ओटा गाउँपालिका बनेका छन् ।

शुक्रबारदेखि नयाँ संरचना लागू गर्ने भनिएता पनि मोरङमा भने मंगलबारबाटमात्र लागू गरिएको हो ।

साविक जिल्ला विकास समितिको बोर्ड परिवर्तन गरी जिल्ला समन्वय समिति लेखिएको छ ।

मोरङ जिल्लामा एक उपमहानगरपालिका, ८ नगरपालिका र ८ ओटा गाउँपालिका गरी १७ ओटा केन्द्र रहेका छन । अबको पुनःसंरचनाअनुसार केन्द्रमा १६९ ओटा वडाहरु कायम भएका छन् ।

जिल्ला समन्वय समिति मोरङका प्रमुख शोभाकर रेग्मीकाअनुसार ८ नगरपालिका र ८ ओटा नै गाउँपालिकाका कार्यालय सम्पादन गर्ने गरी कार्यालय प्रमुख खटाइसकिएको छ ।

नगरपालिकाको हकमा शाखा अधिकृत तहको र गाउँपालिकाको हकमा नायब सुब्बा तहको कर्मचारी कार्यालय प्रमुखकारुपमा तोकिएको रेग्मीले जानकारी दिए ।

पुनःसंरचना तह प्राविधिक समितिकाअनुसार मोरङमा सुन्दरपुर हरैचा, वेलवारी, पथरी शनिश्चरे, उर्लाबारी रतुवामाई, सुनवर्षी, रंगेली र लेटाङ नगरपालिका रहेका छन् ।

यस्तै, केराबारी, मिकलाजङ, बूढीगंगा ग्रामथान, कटहरी, जदाहा, धनपालथान र कानेपोखरी गाउँपालिका रहेका छन् ।