
काठमाडौं, फागुन १७ । प्राङ्गारिक कृषिउपजहरुकाबारेमा जानकारी दिने उद्देश्यले शुक्रबारदेखि राष्ट्रिय प्राङ्गारिक कृषि मेला २०७५ राजधानीमा सुरु भएको छ ।
देशैभरि उत्पादित विभिन्न खाद्यवस्तुहरु राखिएको कृषि मेला ललितपुरस्थित जावलाखेल मैदानमा आयोजना गरिएको छ ।
स्थानीय उत्पादनलाई प्रोत्साहन एवं बजारीकरणमा सहयोग गर्न मेला आयोजना गरिएको आयोजक कृषि पूर्वाधार विकास तथा यान्त्रीकरण प्रवर्द्धन केन्द्रले जनाएको छ ।
मेलामा विभिन्न १२५ स्थानीय खाद्य स्टल राखिएका छन् ।
विषादीयुक्त खानाले विभिन्न रोग देखापरेको भन्दै प्राङ्गारिक खेतीलाई प्रोत्साहन गर्न प्रदर्शनी आयोजना गरिएको केन्द्रले जनाएको छ ।
मेलामा कृषि उत्पादनमा प्राङ्गारिक वस्तुहरुको प्रयोगबारे पनि जानकारी दिइएको केन्द्रका वरिष्ठ कृषि अर्थशास्त्री वासुदेव शर्माले बताए ।
मेलाले कृषिको प्राविधिकरण तथा आधुनिकीकरण र बजारीकरणमा सहयोग पुर्याउने आयोजकको विश्वास छ ।
मेला आगामी आइतबारसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्