१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


एमाले नेताहरुले नेपालगन्जमा के भने ? (भिडियो)


0
Shares

एमालेको मेची–महाकाली राष्ट्रिय जागरण अभियानअन्तर्गत् मंगलबार नेपालगन्जमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले क्षेत्रीय र जातीय नाममा कसैले पनि राजनीति गर्न नहुने भन्दै मधेसी मोर्चालाई कसैको उक्साहटमा नलाग्न सुझाव दिए ।

एमालेलाई जसरी पनि रोक्नुपर्छ भन्ने मानसिकताबाट मोर्चा मुक्त हुनुपर्ने ओलीको भनाइ थियो ।

कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले मेची–महाकाली अभियान कसैकोविरुद्ध लक्षित नभएको स्पस्ट पारे ।

राष्ट्रियतालाई मजबुत् पार्न अभियान थालिएको उनले बताए ।

यस्तै, एमाले उपाध्यक्ष बामदेव गौतमले राष्ट्रघाती संविधान संशोधन प्रस्तावलाई कुनैपनि हालतमा पारित हुन नदिने धारणा राखे ।

कार्यक्रममा बोल्ने एमालेका अरु नेताहरुले पनि आफ्नो अधिकांश समय मधेसी मोर्चाले एमालेविरुद्ध गर्दै आएको प्रचारको खन्डन र आलोचनामा बिताएका थिए ।

एमालेको मेची–महाकाली अभियान मंगलबारै बर्दियातर्फ लागेको छ ।

भिडियो हेर्नुहोस्