निरीक्षणकाक्रममा मन्त्री खाँणले पृतनाले विपद् व्यवस्थापन र उपत्यकालगायतका जिल्लामा शान्ति सुव्यबस्था कायम राख्न खेल्दै आएको भूमिकाबारे जानकारी लिए ।
मन्त्री खाँणलाई पृतनापति उपरथी शरदकुमार गिरीले पृतनाको कार्यक्षेत्र, जिम्मेवारी, जनशक्ति र कार्यसम्पादनका बारेमा जानकारी गराए ।
उक्त अवसरमा मन्त्री खाँणले नेपाली सेनालाई आधुनिकीकरण र क्षमता अभिवृद्धि गर्न मन्त्रालयले आवस्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, उनले नेपाली सेनाले शान्ति सुव्यबस्था एवम् विपद् व्यवस्थापनमा गरेको कार्यको प्रशंसासमेत गरे ।
निरीक्षणपछि मन्त्री खाँणले जवानका मेसमा जवानसँगै बसेर खाना खाएका छन् ।
त्यस्तै, जवानहरुले सेनालाई बिहानको खाजामा दिइँदै आएको चना र अन्डामा रोटी वा पाउरोटीलाई पनि समावेश गरिदिन रक्षामन्त्रीसँग अनुरोध गरेका छन् ।
निरीक्षण भ्रमणमा रक्षासचिव श्रीधर सापकोटा पनि सहभागी थिए । रासस










प्रतिक्रिया दिनुहोस्