Logo ९ कार्तिक २०८२, आइतबार | Sun Oct 26 2025


मधेसी मोर्चालाई प्रधानमन्त्रीले गरे फेरि यस्तो आग्रह


0
Shares

प्रधानमन्त्री तथा मन्त्रिपरिषादको कार्यालय सिंहदरबारमा बुधबार आफूसँग भेट गर्न आएका मधेसी मोर्चाका शीर्ष नेताहरुलाई प्रधानमन्त्री दाहालले प्रदेश सीमांकनको विषय निर्वाचनपछि टुंगो लगाउने आश्वासन दिँदै तत्काल भने चुनावमा जान आग्रह गरेका हुन् ।

उनले मोर्चाले संविधानमा असहमति जनाउँदै आएका अन्य सबै विषय तत्काल टुंगो लगाउन आफू तयार रहेको पनि बताए ।

जवाफमा मोर्चाका नेताहरुले भने सबै विषय टुंगो नलगाइ आफूहरु निर्वाचनमा जान नसक्ने बताएका थिए ।

उनीहरुले प्रधानमन्त्रीले गरेको प्रस्तावमाथि मोर्चाको बैठक बसेर ठोस जवाफ दिने बताएका छन् ।

मोर्चाको मंगलबार राजधानीमा बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

मोर्चाको बुधबारै बस्ने बैठकले आगामी रणनीति तयार गर्ने बताइएको छ ।