
पोखरा लेखनाथ महानगरपालिकाको मेयर पदका आकांक्षी नन्दप्रसाद तिवारीले पत्रकार सम्मेलन गरी बुधबार पोेखरामा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
उनले समग्र पोखराको समुचित विकास गरी समृद्ध पोखरा निर्माणको अभियानमा नेपाली कांग्रेसको तर्फबाट मेयर पदको आकांक्षीकारुपमा उम्मेदवारी घोषणा गरेको बताए ।
उनले आफू मेयर पदमा निर्वाचित भए कुनै सेवा–सुविधा नलिइकन महानगरबासीको सेवा गर्ने घोषणासमेत गरे ।
पोखराको विकासका लागि ३३ ओटा योजनासहित उम्मेदवारी घोषणा गरेका तिवारीले आफू निर्वाचित भए सुन्दर र उदाहरणीय महानगर बनाउने बताए ।
कास्कीमा २३ ओटा राजनीतिक दलले निर्वाचन कार्यालयमा दल दर्ता गराएका छन् भने उम्मेदवारका आकांक्षी धेरै भएपनि पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गर्नेमा तिवारी पहिलो उम्मेदवारको आकांक्षी भएका छन् ।
कास्कीमा एक महानगरपालिका, ४ गाउँपालिका रहेका छन् भने करिब ५ लाख जनसंख्यामा २ लाख ९२ हजार मतदाता रहेका छन् ।
कास्कीका महानगर र गाउँपालिका सन्चालनका लागि सबै ठाउँमा कर्मचारी खटाइसकिएको महानगरका प्रवक्ता अनन्तप्रसाद कोइरालाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्