१० असार २०८१, सोमबार | Tue Jun 25 2024


नेपालमा प्रतिबन्धित तेलसहित नवलपरासीमा भारतीय ढक र तराजु बरामद


0
Shares

अनुगमनकाक्रममा तोरीको तेल भन्दै बिक्रीका लागि राखिएका ‘चक्र’ नामको नेपालमा प्रतिबन्धित तेलसमेत बरामद गरिएको छ ।

बजारका किराना पसल, साप्ताहिक हाटबजार, फलफूल पसल र तरकारी पसलहरुमा अवैधरुपमा भारतीय ढक, तराजु प्रयोग गरेर उपभोक्ता ठग्ने गरेको गुनासो आएपछि अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले जानकारी दिए ।

गुणस्तर तथा नापतौल विभागबाट टाँचा लगाएरमात्र यन्त्र प्रयोग गर्नुपर्ने भएपनि खुलेआम भारतीय ढक, तराजु प्रयोग गरेको पाइएको पनि ढुंगानाले बताए ।