Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


बीपी राजमार्गमा सवारी जाम बढ्दो, पहिरोले भत्किएको सडक अझै मर्मत भएन


0
Shares

सडक मर्मत नहुँदा यो राजमार्गमा दैनिक सवारी जाम हुने गरेको छ भने सवारी चालकले जोखिमपूर्ण यात्रा गराउनु परेको छ ।

बनेपा–सिन्धुली–बर्दिबास सडक आयोजनाले सुख्खा पहिरो गएको सडकलाई मर्मतमा ढिलासुस्ती गर्दा यात्रा कष्टकर हुनुका साथै दुर्घटनाको खतरासमेत बढेर गएको छ । बीपी राजमार्गमा सुख्खा पहिरो गएपछि सडक आयोजनाले खुलाएको डाईभर्सन सडक उकालो, साँघुरो र धुलाम्मे भएकाले सवारीका आवागमन असुरक्षित बन्दै गएको हो ।

सडक आयोजनाले समयमै सडकको मर्मत गर्न चासो नदेखाएको आरोप स्थानीयले लगाएका छन् । भलायोटार भीरको करिव ३० मिटर पक्की सडक सुख्खा पहिरोबाट सुनकोशी नदीमा खसेपछि डाईभर्सन बनाएर एकतर्फी सवारी साधन सञ्चालन गर्दा खुर्कोट र खाल्टेमा लामो सवारी जाम हुँदै आएको छ ।