तस्वीर सहयोगी बिसीको फेसबुक
‘अब जिउँदो छैन होला भनेर हिन्दू संस्कार अनुसार काजकिरिया गर्नसमेत योजना बनाएको बेला उनकोे फेसबुकमा फोटो देखियो । घुम्दै फिर्दै सन्धिखर्कमा आएका विष्टको फोटो फेसबुकमा राखे अर्घाखाँचीका समाजसेवी सहयोगी बिसीले ।
उनले फेसबुकमा पोस्ट गरेको फोटो देखेपछि आफन्तलाई लाग्यो– दीपक अझै जिउँदै रहेछन् ।
‘परिवारले खुसी हुँदै मसँग फोन सम्पर्क गरे,’ समाजसेवी सहयोगी बिसीले भने ।
दीपक अर्घाखाँचीमा आफुसँग सुरक्षित छन् भन्ने खबर बिसीले दिएपछि त्यही आधारमा बुबा रामबहादुर विष्ट र भाइ टकबहादुर विष्ट सन्धिखर्कमा लिन आए । ‘जति बेला उनी तीन जनाको भेटभयो एक किसिमको रुवावासी भयो, खुसीका आँसु अनि एक आपसमा झम्टेर रुदा हामीहरुको समेत आँसु आयो,’ बिसीले भने ।
‘दुई छोरी र एक छोराका पिता दीपक जो बोल्दै नबोल्ने, केही नभन्ने , बुबासँग भेट हुँदा खुट्टामा ढोग गर्दा र भाइलाई मुसारेर आशिर्वाद दिँदा खुसीको सीमा रहेन,’ बिसीले भने ।
झन्डै १० वर्ष अघि इराकमा भिसा लागेर जान ठिक्क परेका बेला १२ नेपालीको हत्यापछि विदेश जान नपाउँदा र भिसा लागेको पैसा खेरगएपछि दीपकले मानसिक सन्तुलन गुमाएका थिए ।
उनलाई सन्धिखर्कबाटै काठमाडौँस्थित कोसिस संस्थामा उपचारका निम्ति पठाइएको छ ।
एउटा बेवारिसे व्यक्ति देखेर दुई÷चारघन्टा समय दिँदा एउटा परिवारमा नयाँ खुसी ल्याउन सफल भएकोमा सहयोगी बिसी सारै खुसी छन् । (रासस)










प्रतिक्रिया दिनुहोस्