Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


माध्यमिक परीक्षाः मनाङमा सबैभन्दा कम परीक्षार्थी, कास्कीमा चार दृष्टिविहीन


0
Shares

मनाङमा रहेका चारओटा माध्यमिक विद्यालयबाट ५९ जना विद्यार्थी एसईईमा सहभागी भएका हुन् ।

६१ जनाले परीक्षा फारम भरे पनि दुईजना भने अनुपस्थित रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

मनाङको लोकप्रिय उच्च मावि चामेमा परीक्षा सन्चालन गरिएको छ ।

कास्कीमा चारजना दृष्टिविहीन, १५ जना सुस्तश्रवण
माध्यमिक शिक्षा परीक्षामा कास्कीमा ४ जना दृष्टिविहीन र १५ जना सुस्तश्रवण गरी १० हजार ७ सय ६१ जना विद्यार्थी सहभागी भएका छन् ।

कास्कीमा शान्तिपूर्णरुपमा विहीबार पहिलो दिनको परीक्षा सम्पन भएको जिल्ला शिक्षा अधिकारी दीपेन्द्र ढकालले जानकारी दिए ।

सिन्धुलीमा ६ हजार ४ सय ७४ जना परीक्षार्थी
सिन्धुलीमा भने ६ हजार ४ सय ७४ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । जिल्लाका २५ परीक्षा केन्द्रमा परीक्षा सन्चालन गरिएको छ ।

पहिलो दिनको परीक्षा व्यवस्थित रहेको जिल्ला शिक्षा कार्यालय सिन्धुलीले जनाएको छ ।