Logo ९ असार २०८३, मंगलबार | Wed Jun 24 2026


सिंहदरबारबाट निस्कने दिसा-पिसाब सिंहदरबारमै व्यवस्थापन हुँदै


0
Shares

खानेपानी तथा सरसफाइ मन्त्रालयले पहिलो पटक खेर जाने झोलजन्य पदार्थ पुनः प्रयोग गर्न मिल्ने ओम्नी प्रोसेसर उपकरण जडान गर्ने अति महत्वकाङ्क्षी प्रस्ताव अगाडि सारेपछि झोलजन्य फोहर सिंहदरबारभित्रै व्यवस्थापन हुने भएको हो। मन्त्रालयका अनुसार खेर जाने झोलजन्य पदार्थ (दिसा-पिसाब) र हात धुँदा प्रयोग भएका पानी ओम्नी प्रोसेसर उपकरण मार्फत पुन प्रयोग गर्न सकिन्छ ।

हाल सिंहदरभित्रबाट दैनिक झोलजन्य फोहर कति निस्कन्छन् भन्ने कुनै अध्ययन हुनसकेको छैन् । हाल झोलजन्य पदार्थ ढलमार्फत व्यवस्थापन हुँदै आएको छ ।

मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले सिंहदरबारलाई शून्य फोहररहित बनाउन र पानीको उचित सदुपयोग गर्न मन्त्रालयले ओम्नी प्रोसेसर उपकरण सिंहदरबारभित्र जडान गर्न प्रस्ताव गरेको जानकारी दिए ।

उनका अनुसार मन्त्रालयको सो प्रस्तावलाई बिल गेट्स फाउन्डेसनले प्राविधिक सहयोग गर्ने चासोसमेत व्यक्त गरेको छ । विल गेट्सले आफ्नो आम्दानीको ठूलो हिंसा फोहरजन्य पदार्थको पुनः प्रयोगमा विश्वभर लगानी गर्ने घोषणा गरेका थिए ।

सचिव उपाध्यायले सो उपकरणको रु २८ करोड पर्ने र एकपटक जडान गरेपछि लामो समयसम्म पुनः प्रशोधनमा काम दिने जानकारी दिए ।

सो उपकरणले प्रशोधन गरेका पानी पिउनयोग्य हुने र यस्तो उपकरण विकसित देशले सरकारी तथा औद्योगिक क्षेत्रमा जडान गर्ने गरेका छन् । रासस