२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


व्यावसायिक रुपमा महिलालाई अगाडि बढाउनु पर्नेमा अर्थमन्त्रीको जोड


0
Shares

काठमाडौं, फागुन १७ । अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक क्षेत्रको विकासका लागि महिलाहरु पनि सक्षम हुनु पर्ने बताएका छन् ।

काठमाडौंमा पाँचौं युवा महिला सम्मेलनको आज उद्घाटन गर्दै उनले महिलाहरु सक्षम भए व्यक्ति, परिवार, समाज र मुलुककै अग्रगतिमा सहयोग पुग्ने भएकाले व्यावसायिक रुपमा महिलालाई अगाडि बढाउनु पर्ने बताए ।

व्यावसायिक क्षेत्रमा लगानीका लागि महिलाहरुलाई सरकारले प्रोत्साहित गर्ने अर्थमन्त्रीको भनाइ छ । सम्मेलनमा देशभरका युवा महिला उद्यमीहरुको सहभागिता छ ।