
रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले दिएको सूचना र निर्देशनका आधारमा सुरक्षाजाँच गर्दा बा१७च २२७५ नम्बरको जिपको फिल्टरमा लुकाइछिपाइ ल्याइरहेको अवस्थामा उक्त परिमाणको सुन प्रहरी कार्यालय टिमुरेले बरामद गरेको हो ।
सवारीधनीसमेत रहेका चालक स्याङ्जाका प्रकाश गैरेसहित अन्य दुईजनालाई पक्राउ गरिएको प्रजिअ न्यौपानेले जानकारी दिए ।
सुनको प्रमाणीकरण र गाडीमा रहेका अन्य दुईजनाको घटनामा संलग्नताबारे अनुसन्धान भइरहेको छ ।
पछिल्लो समय सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि रसुवाको रसुवागढी नाका हुँदै चीनबाट अवैधरुपमा भन्सार छली सुन तस्करी गर्ने प्रवृत्ति बढेको छ । रासस
प्रतिक्रिया दिनुहोस्