स्थानीय तहको नयाँ संरचना कार्यान्वयनमा आउने भएपछि जिल्लाका सरकारी कार्यालयमा हुने दैनिक कामकाजसमेत प्रभावित भएका छन् ।
नयाँ संरचनाअनुसार ५ नगरपालिका र ४ गाउपालिकासहित ९ ओटा स्थानीय तह रहेको सुर्खेतमा सबै गाउँपालिका र नगरपालिकामा तत्कालका लागि निमित्त कार्यकारी अधिकृत तोकिएको छ ।
अब नयाँ संरचनाअनुसार साविकको जिल्ला विकास समितिले औपचारिकरुपमा जिल्ला समन्वय समितिकारुपमा काम गर्ने भएको छ ।
नयाँ संरचना कार्यान्वयनमा आएपछि सुर्खेतमा रहेका सरकारी कार्यालयमा आउने सेवाग्राहीले सहजरुपमा सेवा पाउन कठिन भएको छ ।
जिल्लामा रहेका गाविसहरु गाउँपालिका र नगरपालिकामा रुपान्तरण भएपछि नागरिकता र पासपोर्ट लिने सेवाग्राही मर्कामा परेका छन् ।
तर, नयाँ संरचनामा आधारित भइ नागरिकता पाउँदा ज्यादै खुसी भएको साविकको लाटिकोइलीका सञ्जु चौधरीले बताए ।
सरकारले स्थानीय निकायको विगठन गर्दै स्थानीय तहको सुरुआत गरेपछि स्थानीय जनता खुसी भएका हुन् ।
अब नागरिकले सामान्यस्तरका सेवा–सुविधा वडास्तरबाटै पाउने र सरकार आफूनजिक हुने विश्वास लिएका छन् । सुर्खेतका ९ तहमा ९९ ओटा वडा कायम गरिएको छ ।
सरकारले स्थानीय तह कार्यान्वयनमा ल्याएसँगै वडा तहमा सेवा–सुविधा उपलब्ध गराउन लागेको वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत प्रकास पौडेलले बताउँछन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।










प्रतिक्रिया दिनुहोस्