१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


यति लाख जनताको माग भन्दै ‘इमोस्नल बार्गेनिङ’ गर्दै आए : सन्चारमन्त्री


0
Shares

शुक्रबार रफत सन्चार क्लबमा आयोजना गरिएको अन्तरक्रिया कार्याक्रममा उनले भने—‘संविधानको सफल कार्यान्वयनका लागि एमालेसहित मधेसवादी दल सरकारमा आउनुपर्दछ ।’

मन्त्री कार्कीले ‘एमाले र मधेसवादी दलसमेत सरकारमा आएर राष्ट्रिय सहमतिको सरकार बन्नसके संविधान कार्यान्वयन सहज र प्रभावकारी हुन सक्थ्यो’–भने ।

एमाले रचनात्मक प्रतिपक्षको भूमिका खेल्नुपर्नेमा जोड दिँदै उनले भने–‘एमाले परम्परागत राष्ट्रवादको टोपी लगाएर आगामी चुनाव जित्न खोज्दैछ, परम्परागत टोपी खोलेर तराई, पहाड, हिमाल, सबै जातजाती, भाषा, धर्म अटाउने खुला टोपी लगाउन म एमालेलाई आग्रह गर्न चाहन्छु ।’

मन्त्री कार्कीले मधेसवादी दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि सरकारसँगको ‘कनेक्सन’ नछुटेको बताउँदै ‘सरकारसँग मधेसी मोर्चाको संवाद, छलफल टुटेको छैन, संवाद अन्त्य भएको पनि छैन, मधेसवादी दल पनि निर्वाचनमा आउनुको विकल्प छैन’–भने ।

संविधान संशोधनको विषयमा चर्चा गर्दै उहाँले ‘अबको चुनावमा आएर जनमत लिएर चुनाव जितेर आफूले चाहेजस्तो संविधान संशोधन गर्न सुझाव दिए ।

मन्त्री कार्कीले भने–‘नेताहरुले यति लाख जनताको माग भन्दै ‘इमोस्नल बार्गेनिङ’ गर्दै आएका छन्, त्यसरी होइन, यो जिउँदो संविधान हो, संशोधन गर्न सकिन्छ, भनेजस्तै गरी जनताको अभिमत जितेर संसदबाटै आफूले भनेजस्तै गरी संविधान संशोधन गर्नोस् ।’

गाउँगाउँमा चुनावको माहौल बनेको बताउँदै उनले भने–‘निर्वाचन हुन्न कि भनेर शंका नगर्नोस्, सिंहदरबारमा झुम्मिने नेता र जनता निर्वाचनका लागि गाउँगाउँ पुगिसकेका छन्, अब निर्वाचन हुन्छ ।’

एनसेल प्रकरणकाबारेमा मन्त्री कार्कीले करछुट दिनेबारेमा मन्त्रिपरिषदमा कुनै निर्णय नभएको बताए ।

मोफसलमा रहेका साना लगानीका पत्रपत्रिकालाई न्यूनतम् पारिश्रमिक दिनसक्ने बनाउन सरकारले आवश्यक सुविधा दिन पहल गरेको र न्यूनतम् पारिश्रमिक कार्यान्वयन नभएका ठूला मिडियामा भने कडाइका साथ यसलाई लागू गर्ने धारणा व्यक्त गरे । रासस