
जिल्लाको झुला गाविसकी–२९ वर्षीया सुत्केरी महिला घरमा सुतिरहेको अवस्थामा बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ ।
गत सोमबार राति घरमा एक्लै सुतिरहेको अवस्थामा ढोका फोरेर बाँफिकोट–४ का धनवीर विटालुले जबरर्जस्ती करणी गरेको बयान ती महिलाले दिएको प्रहरी निरीक्षक थमनबहादुर रजालीले जानकारी दिए ।
विटालुलाई जबरर्जस्ती करणी उद्योग र चोरी अपराधमा मुद्दा चलाइएको उनले बताए ।
घटनाकोबारेमा थप अनुसन्धानमा समस्या नहोस् भनेर बाहिर जानकारी ढिला दिएको प्रहरीको भनाइ छ ।
पीडित महिलाका श्रीमान् कामको सिलसिलामा सदरमुकाम मुसिकोट, खलंगामा बस्दै आएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्